CEDO

बर्लिङ्टन सहरको भाषा सहायतामाथिको पहुँचसम्बन्धी नीति

बर्लिङ्टन सहरको भाषा सहायतामाथिको पहुँचसम्बन्धी नीति

बर्लिङ्टन सहर सबैका लागि पहुँचयोग्य बनाउने अठोट!

भाषा सहायतामाथिको पहुँचसम्बन्धी इतिहास र सोको कानुनी आधार

बर्लिङ्टन सहर सबै बर्लिङ्टनवासीहरूलाई भाषा सहायतामाथि पहुँच प्रदान गर्न प्रतिबद्ध रहेको छ। यो अवस्थामा, तीनवटा संघीय ऐन तथा आदेशपत्रले यस लक्ष्यलाई समर्थन गर्छन्।

यी ऐन तथा आदेशपत्र यसप्रकार रहेका छन्: 

  • 1964 को नागरिक अधिकार ऐन, शीर्षक IV
  • 1990 को अपाङ्गता भएका अमेरिकीहरूसम्बन्धी ऐन, शीर्षक II
  • संघीय कार्यकारी आदेशपत्र 13166 (2000)

बर्लिङ्टनको सहरी परिषद्ले 2014 को अक्टोबर 20 मा "विविधता तथा समानता योजनासम्बन्धी सङ्कल्प प्रस्ताव" स्वीकार गर्‍यो। यस सङ्कल्प प्रस्तावको एउटा लक्ष्य पहुँच तथा सेवाहरू समावेशी तथा विविधतापूर्ण, अपसङ्ख्यक जनसङ्ख्यालाई प्रतिनिधित्व गर्ने र सेवामा पर्याप्त पहुँच नभएका जनसङ्ख्यासम्म पुग्ने खालका छन् भन्ने कुरा सुनिश्चित गर्न ‍सहरव्यापी मार्गदर्शन तथा सिद्धान्तहरू स्थापित गर्नु पनि थियो।

बर्लिङ्टनको सहरी परिषद्ले 2020 को नोभेम्बर 9 मा भाषा सहायतामाथिको पहुँचसम्बन्धी नीति (LAP) सर्वसम्मतिले पारित गर्‍यो जसले यी आरक्षणहरूलाई थप सुनिश्चित गर्‍यो। भाषा सहायतामाथिको पहुँचसम्बन्धी नीति (LAP) को उद्देश्य सहरले प्रदान गर्ने सूचना, कार्यक्रम तथा सेवाहरू समयमै अनि अर्थपूर्ण तरिकाले मुख्य भाषा अङ्ग्रेजी नभएका र सञ्चारसम्बन्धी असक्षमता भएका मानिसहरूको पहुँचमा पुर्‍याएर यस्ता मानिसहरूका लागि यो सहर थप पहुँचयोग्य बनाउनु हो।

आवश्यकता भएका मानिसहरूलाई भाषा तथा अन्य सहायतामूलक सेवाहरू प्रदान गरेर हामी बर्लिङ्टनलाई थप निष्पक्ष, समावेशी र विविधतापूर्ण सहर बनाउने लक्ष्यलाई अगाडि बढाउन सक्छौँ। सहरको भाषा सहायतामाथिको पहुँचसम्बन्धी नीति कार्यान्वयन गर्ने जिम्मेवारी बर्लिङ्टनको सामुदायिक तथा आर्थिक विकासको कार्यालय (CEDO) ले लिएको छ।

सङ्ख्याका आधारमा

बर्लिङ्टन सहर सहरी सेवाहरूमाथि पहुँचको आवश्यकता भएका विविधतापूर्ण पृष्ठभूमिका मानिसहरूको एउटा घर हो। हरेक परिस्थिति एउटै किसिमको नहुने भएकाले सुविधाहरू हरेक व्यक्तिका आवश्यकताअनुसार प्रदान गरिन्छ।

डेटाको स्रोत: U.S. Census, 2020U.S. Census 2016-2020U.S. Census 2016-2020

 

सहर/CEDO को भाषा तथा अन्य सहायतामूलक सेवा विभाग

हाम्रो लक्ष्य भनेको सहरले प्रदान गर्ने सेवा, अवसर तथा महत्त्वपूर्ण कागजातहरूमाथि सबैलाई अर्थपूर्ण पहुँच प्रदान गर्नुका साथै सहरका विभागहरूलाई विभिन्न तीन क्षेत्रमा सहायता प्रदान गर्नु हो:

1) दोभाषे सेवा

दोभाषे सेवा भनेको के हो? कुनै एउटा भाषामा सुनेको कुरालाई अर्को फरक भाषामा बताइन्छ भने त्यसलाई दोभाषे सेवा भनिन्छ।

अपोइन्टमेन्ट, सहरी बैठक वा कार्यक्रक्रमा सहभागी हुँदा अमेरिकी साङ्केतिक भाषा (ASL) लगायतका दोभाषे सेवाहरू चाहिएका खण्डमा तपाईं CEDO लाई फोनमार्फत: 802-865-7144 मा वा इमेलमार्फत: languageaccess@burlingtonvt.gov मा सम्पर्क गर्न सक्नुहुन्छ। यो सेवाको व्यवस्था मिलाउनका लागि हामीलाई कम्तीमा पनि दुई हप्ताको समय दिन अनुरोध गर्दछौँ।

2) भाषा अनुवाद

भाषा अनुवाद भनेको के हो? कुनै एउटा भाषामा लेखिएको कुरालाई अर्को भाषामा रुपान्तरण गरिन्छ भने त्यसलाई भाषा अनुवाद भनिन्छ। अनुवादित कागजातले मूल स्रोतको अर्थलाई सकेसम्म धेरै प्रष्ट्याउने गर्दछ।

महत्त्वपूर्ण फाराम तथा कागजातहरू भर्दा भाषा अनुवाद सेवा चाहिएका खण्डमा तपाईं CEDO लाई फोनमार्फत: 802-655-7144 मा वा इमेलमार्फत: languageaccess@burlingtonvt.gov मा सम्पर्क गर्न सक्नुहुन्छ। यो सेवाको व्यवस्था मिलाउनका लागि हामीलाई कम्तीमा पनि दुई हप्ताको समय दिन अनुरोध गर्दछौँ।

 

 

थप पढ्नुहोस्!

बर्लिङ्टन सहरको भाषा सहायतामाथिको पहुँचसम्बन्धी नीति

संलग्न हुनुहोस्!

तपाईं हाम्रो भाषा सहायतामाथिको पहुँचसम्बन्धी नीतिका बारेमा थप जान्न चाहनुहुन्छ वा हामीलाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया हामीलाई languageaccess@burlingtonvt.gov मा इमेल पठाउनुहोस् वा 802-865-7144 मा फोन गर्नुहोस्।